
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । इरानमा एकैदिन २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरानबाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा झुण्ड्याइएको हो ।
एएफपीका अनुसार नर्वेको मानवअधिकार संगठनले यो दाबी गरेको हो ।
बुधबार फाँसीमा झुण्डिएकामध्ये दुई अफगान नागरिक पनि थिए । उनीमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप लागेको थियो ।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिष्ट न्यूज एजेन्सी र सेन्टर फर ह्युमन राइट्स इन इरानले पनि गेजलहसार जेलमा कम्तीमा दुई दर्जन व्यक्तिलाई मृत्युदण्ड दिइएको पुष्टि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij