Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ

नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त तीन जना राज्यमन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् ।

    शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णवबहादुर तामाङ रहेका छन् ।

    शपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी थिए । योसँगै २५ सदस्यीय  मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij