Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

केरलामा मृत्यु हुनेको संख्या ३१३ पुग्यो, दुई सय जना अझै बेपत्ता

केरलामा मृत्यु हुनेको संख्या ३१३ पुग्यो, दुई सय जना अझै बेपत्ता

  • काठमाडौं । भारतको केरला राज्यस्थित वायनाडमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३१३ पुगेको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार १३० जनाको अस्पतालमा उपचार भइरहेको छ । साथै, घटनामा अझै २०६ जना बेपत्ता छन् ।

    घटनाको चौथो दिन भारतीय सेनाले ४ जनाको जीवितै उद्धार गरेको छ । जसमध्ये दुई पुरुष र एक महिला रहेका छन् ।

    सेनाका जनरल अफिसर कमाण्डिङ मेजर जनरल भिटी म्याथ्युले मुण्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझा गाउँमा उद्धार कार्य पूरा भएको जानकारी दिए ।

    सेनाले अहिले मोबाइलको अन्तिम लोकेशनका आधारमा बेपत्ताहरूको खोज्ने काम गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij