Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

२८०० नाघ्यो सेयर बजारले !

२८०० नाघ्यो सेयर बजारले !

  • काठमाडौं । सेयर बजारले २८०० अंक नाघेको छ । बिहीबार कारोबार भइहरँदा १२:३३ बजे नेप्से परिसूचक २८०२ अंक कायम भएको छ ।

    images
    images
    images

    यो बेलासम्म ८ अर्ब ४४ करोडको कारोबार भएको छ । १५८ कम्पनीको मूल्य बढेको छ भने ७८ को घटेको छ । त्यस्तै ५ कम्पनी स्थिर रहेका छन् ।

    बिहीबार मध्यान्हसम्म बीमा सेक्टरले बजारमा नेतृत्व गरेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ५.८९ प्रतिशत बढेको छ । त्यस्तै लगानी समूह ४.२८ तथा निर्जीवन बीमा समूह ४.३१ प्रतिशत बढेको छ । हाइड्रोपावर समूह १ प्रतिशतमुनि रातो देखिएको छ ।

    सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर, श्रीइन्भेस्टमेन्ट फाइनान्सको मूल्य १० प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एचआईडीसीएल, प्रोग्रेसिभ फाइनान्स, सीईडीबी हाइड्रोपावर तथा निफ्रा क्रमशः अगाडि छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij