
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । प्रदेशसभामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो । मत सम्बन्धी प्रस्तावमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री लामको पक्षमा ६४ मत प्राप्त भएको थियो भने विपक्षमा ३५ मत प्राप्त भएको थियो। त्यस्तै ३ सांसद तटस्थ बसेका थिए ।
बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
मुख्यमन्त्री लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij