
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेललाई दिइएको छ । बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पौडेललाई प्रवक्ता तोकिएको हो ।
उनलाई आजै अर्थात् साउन १४ गतेदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी दिइएको हो । उनी अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । पौडेल हाल बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij