Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रभुको नयाँ शाखा बजार तेह्रथुम र धनकुटामा

प्रभुको नयाँ शाखा बजार तेह्रथुम र धनकुटामा

  • काठमाडौं । प्रभु बैंक लिमिटेडले तेह्रथुमको म्याङलुङ नगरपालिका-१ र धनकुटा नगरपालिका-७ स्थित हुलाक टोलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखाकार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा पुर्‍याउन चाहेको उल्लेख गरेको छ । 

    images
    images
    images

    म्याङलुङ शाखा र धनकुटा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थालाई सहजता दिन चाहेको बैंकले विज्ञप्तिमा जनाएको छ ।

    बैंकले हालै मात्र 'बैंक अफ द इयर २०२३' को उपाधि जितेको थियो । प्रभु बैंकका नेपालभर ३०९ शाखा कार्यालय, २८६ एटीएम र ६९ वटा एक्सटेन्सन काउन्टर छन् । हालसम्म करिब ३१ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij