Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार

साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार

  • काठमाडौं । साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार भएको छ । लिमासोलको आयोस एन्ड्रियास क्षेत्रमा आइतबार बिहान करिब चार बजे रगतले लतपतिएको अवस्थामा दुई नेपाली घाइते अवस्थामा भेटिएको साइप्रसको एक सञ्चारमाध्यमले जनाएको छ ।

    घाइते हुनेमा ३३ वर्षीय र अर्का २५ वर्षीय युवक छन् । उनीहरूको परिचय खुलाइएको छैन ।

    हाल  उनीहरुको लिमासोल जनरल अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

    उनीहरुको ढाडमा दुई पटक धारिलो हतियारले छुरा प्रहार भएको पाइएको छ । तर, गम्भिर चोट लागेपनि खतरा भन्दा बाहिर रहेको बताइएको छ ।

    अहिलेसम्म कसले छुरा प्रहार गरेको खुलेको छैन । अफ्रिकी मूलको व्यक्तिले घटना घटाएको हुनसक्ने प्रहरीको अनुमान छ । लिमासोल सीआईडीले घटनाको अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij