Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३० अंकले बढेर २५६८ दशमलव ११ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बिहीबार ३२० कम्पनीका १ लाख ५९ हजार ७ सय ५७ पटकको कारोबारमा ३ करोड ५५ लाख ५४ हजार ८ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

    फ्लोट इन्डेक्स २ दशमलव ५० अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ९ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ८३ अंकले बढेको छ ।

    १३ उपसमूहमध्ये चार वटा घटेको छ भने ९ वटा बढेको छ । सर्वाधिक बढ्नेमा निर्जीवन बीमा र माइक्रोफाइनान्स कम्पनी रहेको छ । आज उपकार लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij