
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन रहर नभई आवश्यकता भएको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा विश्वास मतसम्बन्धी प्रस्तावमा उठेका छलफलमाथि जबाफ दिँदै प्रधानमन्त्री ओलीले जनताको चाहनाअनुसार संविधान संशोधन हुन सक्ने बताए ।
‘संविधान संशोधनीय, गतिशील र जीवन्त दस्तावेज हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ, हुन सक्छ । रहरको विषय होइन आवश्यकताको विषय हो ।’
उनले यसअघि सर्वसम्मतिमा संविधान संशोधन भएको पनि बताए। त्यसबेला पनि केही सांसदहरूले असहमति राखेको ओलीले सुनाए ।
‘जो जसका जेसुकै राजनीतिक भिन्नता भए पनि एक ठाउँमा आएर संविधान संशोधन हुने रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अग्रगमन र विकासका गतिलाई अघि बढाउने कामका लागि नै संविधान संशोधन हुन्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij