
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । माओवादी केन्द्रबाट दुई वटा प्रदेशको नेतृत्व गरेका मुख्यमन्त्रीले केन्द्रको सत्ता समीकरण बदलिएपछि राजीनामा दिएका छन् ।
सत्तारुढ अन्य घटकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका हुन् ।
गत असार १७ गते सत्तारुढ घटक माओवादीसहितको केन्द्रीय समीकरणबाट एमाले बाहिरिएपछि यी दुई मुख्यमन्त्री अल्पमतमा परेका थिए । प्रदेशसभामा अल्पमतमा परेपछि राजीनामा दिने या विश्वासको मत लिने भन्ने विषयमा अन्योलमा रहेका दुई मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij