
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाका उच्च अधिकारी तथा सरक्षा प्रमुखहरूलाई उच्च नैतिकतामा रहेर काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा प्रमुखहरूलाई बोलाएर सार्वजनिक सेवा प्रवाहमा देखिने सुधार गर्न भनेका थिए।
त्यस्तै सार्वजनिक प्रशासन सुधार, राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि, विकास, सुशासन, सामाजिक न्याय र जनविश्वासलगायतका विषयमा ध्यान दिन ओलीले विशेष जोड दिएका थिए।
उच्च नैतिकता, प्रभावकारी कार्यसम्पादन र राष्ट्रिय हितलाई ध्यानमा राखेर मातहत संयन्त्र परिचालन गर्न पनि ओलीले निर्देशन दिएका प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij