Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

कारवाहीमा परे पाँच विकास बैंक

कारवाहीमा परे पाँच विकास बैंक

  • काठमाडौं । राष्ट्र बैंकले पाँच वटा विकास बैंक र तीन वटा वित्त कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले पाँच वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।

    images
    images
    images

    राष्ट्र बैंकले कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो । गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा ती बैंक तथा वित्त कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ ।


    राष्ट्र बैंकले सिन्धु विकास बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई कारबाही गरेको हो । राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन विपरित काम गरेको भन्दै अध्यक्षलाई ५ लाख रूपैयाँ नगद जरिवाना गरेको छ । यस्तै, पुँजी कोषको अनुपात ३२।०९ प्रतिशत अपुग भएको भन्दै सिन्धु विकासलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार अनिवार्य मौज्दात सीमामा नराखेको भन्दै कर्णाली डेभलपमेन्ट बैंकलाई पनि कारबाही गरेको हो । कर्णालीलाई २ हजार ५४६ रूपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार समयमै बैंक वासलात नुबुझाएको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंकलाई पनि सचेत गराइएको छ ।


    यता, नारायणी डेभलपमेन्ट बैंक पनि शीघ्र संस्था सुधारात्मक कारबाहीमा परेको छ । यसअघि पनि बैंकले सोही कारबाही गरेको थियो । त्यसलाई निरन्तरता दिइएको केन्द्रीय बैंकले जनाएको छ ।


    त्यसैगरि समयमै लेखापरीक्षण नगराएको तथा वासलात नबुझाएको भन्दै एक्सेल डेभलपमेन्ट बैंक पनि कारबाहीमा परेको छ । एक्सेललाई सचेत गराइएको हो ।

    यस्तै, बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सलाई पनि राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यद्यपि, यी तीनै वटा वित्त कम्पनीलाई भने सचेत मात्रै गरेको राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij