
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाल स्काउटको जग्गा आफ्नो स्वामीत्वमा लिएर भाडा लगाउँदै आएका नेपाली कांग्रेसका सांसद दीपक खड्का ऊर्जा, तथा जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको सिफारिसमा खड्कालाई उर्जा मन्त्रालय को जिम्मेवारी दिएका हुन् ।
खड्काले काठमाडौं महानगरपालिका वडा नम्बर २६, लैनचौरस्थित स्काउटको जग्गा एवं सम्पत्ति विगत छ वर्षदेखि कब्जा गर्दै आएका छन् । खड्काको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले २०६५ सालमा भाडा लिनेमा सम्झौता गरी सो जग्गा कब्जा गरेको हो । तीन रोपनी जग्गा न्यून भाडादरमा सम्झौता गरी आफ्नो कम्पनीमार्फत् कब्जा लिँदै आएका उनले सम्झौता सकिएपछि पनि जबर्जस्ती कब्जामा लिँदै आएका थिए ।
उनले सम्झौता अवधिलाई किर्तै गर्दै सो अवधिलाई किर्ते गर्दै समयावधि थप गरेपनि उक्त सम्झौता भने द्धिपक्षीय नभएको स्काउटका अधिकारीहरुले बताएका छन् । खड्काले अदालतको आदेश स्काउटको पक्षमा आउँदा समेत शक्तिको आडमा जग्गा कब्जा गरिरहेका छन् ।
२०७९ असारमा उच्च अदालतले स्काउटको पक्षमा फैसला गरेपछि पनि जग्गा स्काउटले भोगचलन गर्न पाएको छैन । उच्चको फैसलापछि राजनीतिक शक्तिको दुरुपयोग गरी स्काउटको जग्गा हडप्ने खड्काको योजना विफल भएको स्काउटका संयोजक लोकबहादुर भण्डारीले बताएका थिए । भण्डारीले नै स्काउटका पूर्वपदाधिकारी र पूर्वकर्मचारी प्रमुखले किर्ते गरी १० वर्षको सम्झौतालाई १५ वर्ष बनाएको र अदालतले सो कुरालाई प्रमाणित गरेको बताएका थिए ।
त्यस्तै २०७५ सालमा सम्झौता सकिएपछि पनि किर्ते सम्झौतालाई आधार मानी खड्काले उक्त जग्गा हडप्दै आएका थिए भने अदालतको आदेशलाई समेत उनले वेवास्ता गर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij