Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

ज्वाइँ ‘आउट’, ससुरा ‘इन’ !

ज्वाइँ ‘आउट’, ससुरा ‘इन’ !

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषद्मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट शरदसिंह भण्डारीलाई मन्त्री बनेका छन् ।

    images
    images
    images

    कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले अन्य साना दलहरूलाई पनि सरकारमा सहभागी गर्दा लोसपाका भण्डारी मन्त्री बनेका हुन् । उनी यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारमा २०८० फागुन २१ अघि पनि सोही मन्त्रालयमा थिए ।

    २१ फागुनपछि एमाले–माओवादी–रास्वपा गठबन्धन भएपछि भण्डारी सरकारबाट बाहिरिएका थिए । भण्डारी बाहिरिए पनि उनका ज्वाइँ प्रचण्ड सरकारमा मन्त्री बनेका थिए ।

    रास्वपाका तर्फबाट बिराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका थिए । शरद सिंहकी छोरी श्रृष्टिसिह भण्डारीसँग श्रेष्ठले विवाह गरेका थिए । अहिले ज्वाइँ बिराजभक्त हटेपछि फेरि ससुरा भण्डारी मन्त्री बन्न सफल भए ।

    यसअघि २०७३ मा प्रचण्ड सरकारमा ससुरा र ज्वाइँ एउटै मन्त्रीपरिषद्का सदस्य भएका थिए । कांग्रेसका अर्जुन नरसिंह केसी शहरी विकास मन्त्री भएका थिए भने ज्वाइँ गगन थापा स्वस्थ्य मन्त्री बनेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij