Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, सोमबार शपथ लिने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, सोमबार शपथ लिने

  • काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

    AGNI GROUP

    राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथको तयारी गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ गराउन कांग्रेस र एमाले मन्त्री छनौटको तयारीमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट