Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सेयर बजारमा उछाल

सेयर बजारमा उछाल

  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अंकले बढेर २२५७ दशमलव ५९ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आज ३०९ कम्पनीका ९६ हजार २ सय ७४ पटकको कारोबारमा २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २० रुपैयाँ रहेको छ ।

    त्यस्तै, सेन्सेटिभ इन्डेक्स ९ दशमलव ५९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३ दशमलव ८९ अंकले बढेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स भने ३ दशमलव ४८ अंकले बढेको छ ।

    आज १३ वटै कम्पनीमा हरियाली छाउँदा जीवन बीमा २२० दशमलव ८५ अंकले बढेको छ । त्यस्तै, निर्माण कम्पनी १७४ दशमलव ३७ अंकले र निर्जीवन बीमा कम्पनी १४० दशमलव ४८ अंकले बढेको छ ।

    आइतबार २१० कम्पनीको मूल्य बढ्दा ३६ कम्पनी घटेको छ भने ५ वटा स्थिर रहेको छ । मान्डु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १ सय २३ रुपैयाँ कमाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij