Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

ओलीको बहकाउमा लागेर मैले कांग्रेसलाई धोका दिएँ : प्रधानमन्त्री

ओलीको बहकाउमा लागेर मैले कांग्रेसलाई धोका दिएँ : प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७९ पुस १२ मा नेकपा अध्यक्ष केपी शर्मा ओलीको बहकाउमा लागेर आफूले कांग्रेससहितको गठबन्धन तोडेको बताएका छन् ।

    images
    images
    images

    शुक्रबार विश्वासको मत लिने क्रममा सदनलाई सम्बोधन गर्दै उनले कांग्रेस छाडेर एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा एमालेको बहकाउमा लागेको भन्दै आत्मालोचना गरेका हुन् ।

    ओलीले मिठो बोलेपछि उतै लागेको र कांगेसलाई धोका दिएको बताए ।

    “यसमा एमाले अध्यक्ष कला क्षमता तारिफ गर्न लायक छ । उहाँको हैसियतको अरू यहाँ कोही पनि छैन । मलाई राम्रो फकाउनु भयो । वामपन्थि मिल्नपर्छ । कांग्रेस को हो ? यस्तै यस्तै धेरै…,” उनले भने, “म मान्छे यस्तै हुँ  । प्रचण्ड यस्तै छ चिन्नुभएकै छ । अलिअलि सेन्टिमेन्टल भावुक । मिठो बोलेपछि होला त नि भनेर विश्वास गरेँ । फेरि म वामपन्थी नै परेँ । अर्को चुनावमा पश्चिम वंगालजस्तो भइन्छ भनेपछि हो भन्ने लाग्यो ।”

    त्यो बेला एमालेलाई राष्ट्रपति प्रचण्ड सहमत भएका थिए । तर, पछि कांग्रेसलाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

    केपी ओलीप्रति संकेत गर्दै प्रचण्डले केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन नसक्ने आरोप लगाए । उनले भने, “१७ गते बिहान स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ । म यसको नैतिक जिम्मेवारी लिन तयार छु ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij