
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । सिन्धुली वीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
वीपी राजमार्गअन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रो सडकबाट करिब ३० मिटर तल खस्दा ११ यात्रु घाइते भएका थिए ।
नेपाल प्रहरी र सशस्त्रको विपद् व्यवस्थापन सुरक्षा बेस खुर्कोटबाट खटिएको टोलीले घाइतेहरुको उद्धार गरेर उपचारका लागि खुर्कोट पठाइएको छ । खुर्कोटस्थित शुभ जीवन अस्पालमा घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij