Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

आज सेयर बजारमा हरियाली !

आज सेयर बजारमा हरियाली !

  • काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा हरियाली छाएको छ । बुधबार सेयर बजार परिसूचक २३ दशमलव २५ अंकले बढेर २१७५ दशमलव ४० को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आज ३२२ कम्पनीको ७२ हजार ७ सय १४ पटकको कारोबारमा १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ रहेको छ ।

    सेन्सेटिभ इन्डेक्स ४ दशमलव ८२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ६६ अंकले बढेको छ । १३ उपसमूहमध्ये १२ वटा हरियाली भएको छ भने विकास बैंक १३ दशमलव २० अंकले घटेको छ । आज सर्वाधिक बढ्नेमा निर्जीवन बीमा कम्पनी रहेको छ ।

    आज हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार सर्वाधिक भएको छ भने बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij