Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

नारायणी नदीमा दुई पुरूष र एक महिला मृत अवस्थामा भेटिए

नारायणी नदीमा दुई पुरूष र एक महिला मृत अवस्थामा भेटिए

  • काठमाडौं । नारायणी नदीको किनारमा दुई पुरूष र एक महिला मृत अवस्थामा भेटिएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका-१ मजुवा सामुदायिक वनस्थित नारायणी किनारमा तीन जना मृत अवस्थामा भेटिएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार अन्दाजी ६० वर्षीय पुरूष, अन्दाजी ४० वर्षीय पुरूष र अन्दाजी ४५ वर्षीया महिला मृत अवस्थामा भेटिएका हुन् ।

    माछा मार्न गएका माझीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक तीनै जनाको सनाखत हुन सकेको छैन ।

    उनीहरूको शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij