Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुरु हुने पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार बैठकमा निलम्बित महामन्त्री डा.मुकुल ढकालका विषयमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ। 

    onlinepatrika
    Arghakhachi

    अनुशासन समितिले डा. ढकालमाथि अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ। बैठकमा सभापति लामिछानेले प्रतिवेदन पेश गर्ने र समितिको सिफारिसबारे छलफल गरी निर्णय गर्ने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए। प्रतिवेदनमाथि छलफल गर्नकै लागि दुई घण्टा समय निर्धारण गरिएकाले मंगलबार नै निर्णय आउने उनले बताए। 

    AGNI GROUP

    अनुशासन समितिले गरेको सिफारिस केन्द्रीय समितिले हुबहु वा परिमार्जन गरी कार्यान्वयन गर्नसक्ने बुर्लाकोटीले बताए। स्रोतका अनुसार अनुशासन समितिले डा.ढकाललाई पार्टीबाट निष्कासन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ। गत बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. ढकाललाई एक साताका लागि निलम्बन गरिएको थियो। 

    आफूले तयार पारेको समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल हुने बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने ढकालको माग पार्टीले अस्विकार गरेपछि उनले मुखमा मास्क र कालो टेप लगाएर बैठकमा सहभागी भएका थिए। आजको बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने कार्यबाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij