Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत...!

मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत...!

  • काठमाडौं । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् ।

    images
    images
    images

    उनको प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभामा शनिबार १०१ जना उपस्थित भएर मतदान गरेका थिए ।

    २८ जेठमा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा जनमत पार्टीका सिंह मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि शनिबार कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ ।

    मुख्यमन्त्री सिंहलाई आफ्नो दल जनमतसँगै नेकपा एमाले, काँग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासक‍ो मत दिएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij