Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

जसपाका मन्त्रीहरूले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

जसपाका मन्त्रीहरूले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

  • काठमाडाैं । अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनीहरूले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

    images
    images
    images

    उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट अलग भएका अशोक राईको साथमा प्रतिनिधि सभामा सात जना सांसद छन् । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी थिए ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातारण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा बुझाएका हुन् । यसअघि नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

    संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेसँगै जेठ २८ गते विश्वासको मत लिने तयारीमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij