Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

राजनीतिक नेतृत्व फेरिए पनि हाम्रा नीति फेरिनु हुँदैन : अर्थमन्त्री पुन

राजनीतिक नेतृत्व फेरिए पनि हाम्रा नीति फेरिनु हुँदैन : अर्थमन्त्री पुन

  • काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषि उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् ।

    images
    images
    images

    शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी वर्षको बजेटमार्फत कृषि उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताएका हुन् ।

    चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको उनले बताए । यो नीतिले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।

    धेरै तिरको छलफल, बहस र अन्तरक्रियापछि आर्थिक वर्ष २०८१–२०९१ लाई कृषि दशक घोषणा गरेको जानकारी गराउँदै उनले नीतिगत स्थायीत्वमा जोड दिए । ‘राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरु फेरिन सक्छन्, तर हाम्रा नीतिहरु फेरिनु हुँदैन । नीतिगत स्थायित्व हुनुपर्छ,’ उनले भने।

    नेपालले पर्यटन र जलविद्युत क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गरिरहेको भन्दै अर्थमन्त्री पुनले अब आइटी क्षेत्रमा पनि विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने बताए ।

    अन्य सबै क्षेत्रमा सिथिल भएको अवस्थामा पनि पर्यटनमा २१ प्रतिशत र जलविद्युत क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij