Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

बलात्कारको मुद्दामा प्रहरी निरिक्षक थुनामा !

बलात्कारको मुद्दामा प्रहरी निरिक्षक थुनामा !

  • काठमाडौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका इन्स्पेक्टर विदुर सिवाकोटी जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    images
    images
    images

    बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको हो । आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोप उनीमाथि थियो । २३ जेठमा पक्राउ परेका थिए ।

    शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको  मुद्दा दायर गरेको थियो । बालिकालाई  काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो ।

    बालिकाको बयानलगत्तै स्वयम्भु प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको थियो । उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij