Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

सानेपामा देउवासँग प्रधानमन्त्री प्रचण्ड

सानेपामा देउवासँग प्रधानमन्त्री प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस मुख्यालय सानेपामा पुगेका छन् ।

    images
    images
    images

    पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।

    कांग्रेस र एमालेबिच सहमति भएपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री एउटै कार्यक्रममा देखिएका हुन् । हिजो मध्यराती प्रचण्ड नेतृत्वको सरकार ढालेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।

    पूर्वसभापति कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा कांग्रेसले फोटो प्रदर्शनी पनि गरेको छ । कार्यक्रममा एमालेका अध्यक्षसहित शीर्ष नेताहरू पनि पुगेका छन् ।

    २०६२र०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका उनी पाँच पटक प्रधानमन्त्री भए । उनको निधन २०६६ साल चैत ७ गते भयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij