Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

'तारा एयर दुर्घटना' को सत्य यस्तो !

'तारा एयर दुर्घटना' को सत्य यस्तो !

  • काठमाडौँ । सामाजिक सञ्जालमा तारा एयरको जहाज दुर्घटनामा परेको भनेर फैलाइएको सूचना गलत र भ्रमपूर्ण रहेको बताइएको छ । कास्कीबाट पत्रकार सुमन ढुंगानाले पोखराबाट जोमसोमका लागि ताराको फ्लाइट नै नभएको र मध्यान्हको समयमा जहाज नउड्ने बताएका छन ।

    images
    images
    images

    विमान हराएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रवक्ता प्रकाश पौडेलले गलत सूचना फैलाइएको भन्दै फेसबुक मार्फत प्रष्ट परेका छन । उनले भनेका छन, ‘पोखराबाट जोमसोमको लागि जहाज दिनमा उडदैन र अहिले ताराको जहाजको जोमसोममा उडान छैन । सामाजिक संजालमा फैलिएको हल्ला हो ।’

    तारा एयर, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं कार्यालय तीनै ठाउँबाट ताराको जहाज आज सम्पर्कविहीन भएको पुष्टि भएको छैन । ती कार्यालयका अनुसार ताराका दुईवटा जहाजमध्ये एउटा काठमाडौं र अर्को नेपालगन्जमा छन् । आज पोखरा/जोमसोम उडान नै छैन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij