
Apr 22 2025 | २०८२, वैशाख ९ गते
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर उद्योग वाणिज्य सङ्घको निर्वाचनमा अध्यक्ष पदमा लवराजा सिंह विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार सिंहले आफ्ना प्रतिद्वन्द्वी दिपुकुमार साहलाई हराउँदै अध्यक्ष पदमा विजयी हुनुभएको निर्वाचन अधिकृत सुरेशकुमार लालले बताउनुभयो । विजयी सिंहले ८८५ तथा प्रतिद्वन्द्वी साहले २०५ मत ल्याउनुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा विनोदकुमार साह, महासचिवमा शिवचन्द्र चौधरी, सचिवमा रञ्जीतकुमार चौधरी र कोषाध्यक्षमा छेदी चौधरी विजयी हुनुभएको छ । त्यसैगरी एक महिलासहित १० सदस्यमा आदित्यकुमार साह, चन्दनकुमार साह ९क० चन्दनकुमार साह ९ख०, विजयकुमार साह, प्रदीपकुमार चौधरी, नारायणप्रसाद गुप्ता, सरोजकुमार चौधरी, सुवास बिच्छा, राकेशकुमार साह र विणाकुमारी साह विजयी हुनुभएको निर्वाचन अधिकृत लालले बताउनुभयो ।
जलेश्वर उद्योग वाणिज्य सङ्घको जम्मा १५ पदका लागि निर्वाचन भएकामा अध्यक्षमा विजयी सिंह एक जना पुरुष सदस्यबाहेक सबै पदमा समूहसहित नै विजयी हुनुभएको छ । माघ ३ गते सम्पन्न जलेश्वर उद्योग वाणिज्य सङ्घको निर्वाचनमा एक हजार २३० मतदाता रहेकामा एक हजार १३५ जनाले मतदान गरेका थिए । दुई दिनदेखि मतगणना हुँदै थियो र आज बिहान मात्रै सम्पन्न भएपछि परिणाम घोषणा गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij