Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

नेकपा (एकीकृत समाजवादी) को नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, विद्युतीय मेसिनमार्फत मतदान गरिने

नेकपा (एकीकृत समाजवादी) को नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, विद्युतीय मेसिनमार्फत मतदान गरिने

  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत (सोमबार) आजबाट बन्द सत्र सुरु हुँदैछ ।  काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा केहीबेरमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने जनाइको छ ।

    images
    images
    images

    दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ  ।

    १३ सदस्यीय अध्यक्षमण्डल 


    यसैबिच महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।  त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।  

    आइतबारबाट सुरु भएको महाधिवेशनमा दस्ताबेज पारित भएसँगै नेतृत्व छनोट प्रक्रियामा प्रवेश गर्नेछ । महाधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिने सो पार्टीले जनाएको छ । 

    अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने नेताहरूले बताउँदै आए पनि नेताहरूले अडान नछोड्दा अहिलेसम्म सहमति हुने नहुने निश्चित भैसकेको छैन । अध्यक्षका लागि माधव नेपालका साथै नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल आकाङ्क्षी छन् ।

    तर खनालले अन्तिममा भुसाललाई सहयोग गर्ने सम्भावना रहेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् ।  सर्वसम्मत नेतृत्व चयनमा सहमति नजुटे नेपाल र भुसाल प्यानलसहित निर्वाचनमा जाने सम्भावना नरहेका नेताहरूले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij