
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त उर्जामन्त्री फणीन्द्र देवकोटाले शपथ लिएका छन् । आज पोखरामा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मन्त्रीको शपथ दिलाएका हुन् ।
गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।
गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । तर, पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो । कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उनका पद थमौती गर्दै कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेश दिएलगत्तै उनी प्रदेश सभामा पुगेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij