Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेश प्रदेशका मुख्यमन्त्रीले असार २१ गते विश्वासको मत लिने 

मधेश प्रदेशका मुख्यमन्त्रीले असार २१ गते विश्वासको मत लिने 

  • काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले असार २१ गते विश्वासको मत लिने तयारी गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार उनले असार २२ गते भित्र प्रदेशसभाबाट विश्वासको मत लिइ सक्नुपर्ने छ । सोही अनुरूप २१ गते विश्वासको मतको प्रस्ताव प्रदेशसभामा पेश गर्ने तयारी गरिएको जनमत पार्टीका नेता एवं मुख्यमन्त्री सिंहले जानकारी दिए।

    AGNI GROUP

    अलि अगाडि नै विश्वासको मत लिन सकिने भएपनि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको अधिवेशनका कारण २० गते भन्दा अगाडि मत नलिन सांसदहरूले आग्रह गरेका छन्। एकीकृत समाजवादीको अधिवेशनलाई ध्यानमा राखेर २१ गते विश्वासको मत माग्ने तयारी आफूले गरेको मुख्यमन्त्री सिंहले बताए।

    गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त सिंहलाई सरकार जोगाउन ५४ जना सांसदको समर्थन आवश्यक छ । सरकार बनाउँदा नेकपा एमाले, नेकपा माओवादी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको गरी ५५ जनाको समर्थनसहितको हस्ताक्षर प्रदेश प्रमुख समक्ष बुझाएका मुख्यमन्त्री सिंहले सजिलै विश्वासको मत पाउने देखिएको छ ।

    प्रदेश सभामा एमालेका २४, माओवादीका ९, जनमतका १३, एकीकृत समाजवादीका ७, राप्रपाका १ र नेपाल सङ्घीय समाजवादीका एक जना प्रदेश सांसद छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij