Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा २९९ सदस्यीय बनाउने निर्णय

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा २९९ सदस्यीय बनाउने निर्णय

  • काठमाडौं । महाधिवेशनको तयारीमा जुटेको एकीकृत समाजवादीले पदाधिकारी थप्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले महाधिवेशनको हलबाट अनुमोदन गर्ने गरी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको हो ।

    images
    images
    images

    केन्द्रीय परिषदले १९९ सदस्यीय केन्द्रीय कमिटी र १९ सदस्यीय पदाधिकारी रहने विधान पास गरेको थियो । तर अब केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

    पदाधिकारीमा सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष थप गरिएको छ । केन्द्रीय उपाध्यक्षमा महिलाको सिट सुरक्षित गर्ने र आवश्यकता अनुसार वरिष्ठ नेता पद सिर्जना गर्नसक्ने निर्णय पनि भएको उपमहासचिव खतिवडाले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij