
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिएका छन् । अत्याधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएका हुन् ।
विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीका अनुसार फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई अत्याधिक मदिरा सेवन गरेकाले विमानस्थलमा रोकिएका हुन ।
‘अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो । उहाँ नर्मल अवस्थामा भएपछि दुबई जानुहुन्छ’, विमानस्थल स्रोतले भन्यो ।
उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij