Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबार बस्दैछ। दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सा‌गठनिक दस्तावेजको टुङ्गो लगाउने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।

    images
    images
    images

    रायमाझीका अनुसार बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गरिने छ। 

    images

    यही असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशन हुँदैछ। पार्टीले देशभरबाट एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरेको छ। प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना मनोनयन गर्ने व्यवस्था छ । ती प्रतिनिधि केही दिनमै मनोनयन गर्ने रायमाझीले जनाए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij