
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नवलपुरको सेहरीमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
आज बिहान ९ बजेतिर नुहाउन नारायणी नदीमा गएका नवलपुरको मध्यविन्दु नगरपालिका–२ का मीलबहादुर महतो थारुलाई गोहीले झम्टिएको थियो । त्यसको केही बेरमै उनको मृत्यु भएको हो ।
गोहीले झम्टिनासाथ स्थानीय डुंगा लिएर त्यसतर्फ गएका थिए । तर, उनलाई मृतावस्थामा फेला पारिएको स्थानीयले जानकारी गराएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij