Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

गोली लागेर एक जनाको मृत्यु 

गोली लागेर एक जनाको मृत्यु 

  • काठमाडौं । दार्चुलाको  नौगाड गाउँपालिका–१ मा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    शनिवार बिहान जंगलमा सिकार गर्न गएका धंकेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । 

    उनका अनुसार लक्सेरी नागु बस्ने अन्दाजी ५३ वर्षका जयसिंह डडालले चलाएको गोली लागेर धंकेको ज्यान गएको हो । गोली हान्ने जयसिंहलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार धंके सोही वनमा पासा थापिरहेको प्रहरीको भनाइ छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij