Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

काठमाडौँ महानगरको कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल

काठमाडौँ महानगरको कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आर्थिक बर्ष २०८१/८२ का लागि विभागहरुले प्रस्ताव गरेका कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल भइरहेको छ । 

    images
    images
    images

    विभागले विषयगत समितिमा छलफल गरेर छलफलका लागि बजेट तथा कार्यक्रम पेश गरेका हुन् । बैठकमा विषयगत समितिका संयोजकहरु थिए । प्रस्तावमाथि सबै वडाध्यक्षको पृष्ठपोषण लिनका लागि आज सबै वडाध्यक्षहरुलाई छलफलमा आमन्त्रण गरिएको, समितिका संयोजक डंगोलले जानकारी दिइन् । 

    हिजो प्रशासन विभाग, कृषि तथा पशुपन्छी विभाग, सूचना प्रविधि, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ, हनुमान ढोका दरबार संरक्षण कार्यक्रमसहितका विभागका प्रस्तावमाथि छलफल भयो । आज सहरी योजना आयोग, सामाजिक विकास विभाग, सार्वजनिक निर्माण विभागसहित विभाग, आयोजना तथा सचिवालयका प्रस्तावमाथि छलफल हुनेछ ।   

    नगर सभाको १५ औँ अधिवेशनअन्तर्गत सभामा नीति पेश भइसकेको छ । अधिवेशनको अर्को बैठक असार १० गते बस्ने कार्यक्रम छ । बैठकमा आर्थिक तथा विनियोजन विधेयकहरु पेश हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij