Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कैलालीबाट समाजवादीको १० औं महाधिवेशनका लागि ३५ जना प्रतिनिधि निर्विरोध चयन 

कैलालीबाट समाजवादीको १० औं महाधिवेशनका लागि ३५ जना प्रतिनिधि निर्विरोध चयन 

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न असार १६ देखि २० गतेसम्म हुन गइरहेको महाधिवेशनका लागि जिल्ला भरबाट ३५ जना प्रतिनिधि निर्विरोध चयन भएका छन्।

    onlinepatrika
    Arghakhachi

    कैलालीका पाँच वटै निर्वाचन क्षेत्रबाट खुल्ला, महिला र दलित गरी ३५ जना निर्र्विरोध चयन गरिएको समाजवादीका जिल्ला अध्यक्ष विमल जोशीले जानकारी दिए। अध्यक्ष जोशीका अनुसार कैलाली क्षेत्र नं. १ बाट सूर्यचन्द्र भट्टराई, हरिराम चौधरी र महिलाबाट सूर्या साउँद गरी तीन जना प्रतिनिधि चयन भएका छन्। क्षेत्र नं.२ बाट कर्ण जैशी, पूर्ण विष्ट, लोकराज तिमिल्सेना, जानकी ढुंगाना र भूपेन्द्र विक १० औं महाधिवेशनका लागि प्रतिनिधिमा चयन भएका छन्।

    AGNI GROUP

    क्षेत्र नं. ३ बाट खडक रावत, मेघराज साउँद, प्रदिप मल्ल र राधा पाण्डेय, क्षेत्र नं. ४ बाट भीम बोगटी, राबहादुर विश्वकर्मा, बासुदेव गुरागाई, सुरेन्द्रमान कार्की, तुलाराम उपाध्याया, ललित साउँद, डिल्लीराम आचार्य, बहादुर खड्का, मोहन ऐर, रत्ना कडायत, जानकी चौधरी, सरस्वती बुढामगर, दया विक, शिव विक र लोक साउँद प्रतिनिधिमा चयन भएका छन्।

    यसैगरी क्षेत्र नं. ५ बाट संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका सात जना प्रतिनिधिमा चयन भएका छन्। जिल्ला अध्यक्ष विमल जोशी, जिल्ला सचिव दीर्घ जोशी, दीपक सिंह, नरेश ठकुल्ला, हेमकर्ण विक, तारादेवी तामाङ र रोजी बस्नेत निर्विरोध चयन भएको अध्यक्ष जोशीले बताए। कैलालीबाट प्रतिनिधि चयन हुनेमा सबैभन्दा बढी क्षेत्र नं. ४ बाट रहेका छन् भने सबैभन्दा कम क्षेत्र नं. १ बाट रहेका छन्। क्षेत्र नं. ४ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको क्षेत्र हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij