Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

मन्त्रीको भतिज बताएर माल्टा पठाइदिने भन्दै पैसा उठाउने जोशी पक्राउ

मन्त्रीको भतिज बताएर माल्टा पठाइदिने भन्दै पैसा उठाउने जोशी पक्राउ

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा केशवराज जोशी माल्टा पठाइदिन्छु भन्दै झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

    images
    images
    images

    आफूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको भतिज दाबी गर्दै सर्वसाधारणलाई प्रभाव पारेर रकम उठाएको बताइएको छ ।

    वैदेशिक रोजगार विभागमा जोशीविरुद्ध उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

    उनले माल्टामा प्रतिष्ठित होटलमा मासिक चार/पाँच लाख रुपैयाँ तलब हुनेगरी पठाइदिन्छु भनेर पाँच/छ जनाबाट पचास लाख रुपैयाँ लिएको आरोप छ ।

    उनले पीडितहरूलाई विश्वासमा पार्न आफूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको भतिज बताउँदै हिँड्ने गरेका थिए ।

    यद्यपि मन्त्री जोशीको सचिवालयले भने उनीसँग मन्त्रीको कुनै साइनो नभएकाे प्रष्ट पारेको छ । पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij