
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बैठक बुधबार (आज) बसेको छ । वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाको आधार बनाउन समितिको बैठक बसेको हो ।
उपप्रुमुख एवं समितिका संयोजक सुनिता डंगोलको संयोजकत्वमा बैठक सम्पन्न भएको महानगरले जनाएको छ । आर्थिक बर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम तर्जुमाका लागि बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, विषयगत समितिका संयोजकहरु र विभागीय प्रमुखहरु उपस्थित रहेको बताएको छ ।
चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था समीक्षा गरेर आर्थिक बर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाको आधार बनाउनु पर्नेमा बैठकमा जोड दिइएको थियो । बजेट कार्यान्यन हुन नसक्ने कारण पत्ता लगाउन र स्वतःस्फूर्त कार्यक्रम कार्यान्वयन जाने अवस्था निर्माणको विषयले पनि बैठकमा महत्व पाएको थियो ।
महानगरपालिकामा नगर सभाअन्तर्गत ३ वटा र कार्यपालिकाअन्तर्गत १३ वटा समिति छन् । नगर सभाअन्तर्गतको लेखा समितिको संयोजकमा गायत्री पुडासैनी, विधायन समितिको संयोजकमा रुपा थापा क्षेत्री र सुशासन समितिको संयोजकमा सिर्जना भेटवाल रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij