Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सेयर बजार १८.७६ अंकले घट्यो

सेयर बजार १८.७६ अंकले घट्यो

  • काठमाडौं । सार्वजनिक बिदापछि खुलेको सेयर बजारको कारोबार विस्तारै ओह्रालो लागेको छ । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रह्यो । ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किजबेच भएको छ ।
    यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij