Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

किर्तिपुर र भक्तपुरका दुई जना ‘क्रिप्टो माइनिङ’मा संलग्न रहेको आरोपमा पक्राउ

किर्तिपुर र भक्तपुरका दुई जना ‘क्रिप्टो माइनिङ’मा संलग्न रहेको आरोपमा पक्राउ

  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘क्रिप्टो माइनिङ’ मा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
    ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी होबिन्द्र बोगटीका अनुसार कीर्तिपुरका ४० वर्षीय विश्वास गुरुङ र भक्तपुरका २५ वर्षीय राजेन्द्र ताहामतालाई पक्राउ गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सीटीईभीटी अन्तर्गतको टीआईटीआई (ट्रेनिङ इन्स्टिच्युसन आफ टेक्निकल इन्सट्रक्सन) को भवनमा रहेको इन्फर्मेसन टेक्नोलोजी ल्याबमा क्रिप्टो करेन्सी माइनिङ भइरहेको भन्ने सूचनाका आधारमा ब्यूरोको टोलीले उक्त भवनमा रहेका कम्प्युटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान गरेको थियो ।

    AGNI GROUP

    यस क्रममा एउटा सर्भर र ६४ वटा डेक्सटप कम्प्युटरमा क्रिप्टो माइनिङ एप्लिकेसन सञ्चालन भइरहेको पाइएपछि उल्लेखित सर्भर र ६४ थान सीपीयू बरामद गरी उक्त ल्याबको जिम्मेवारीमा रहेका गुरुङ र ताहामतालाई बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij