Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सांसद शाहको आग्रह

टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सांसद शाहको आग्रह

  • काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले माग गरेका छन् । सांसद शाहले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै टिकटक खोल्न माग गरेका हुन् । 

    images
    images
    images


    सांसद शाहले भने– ‘सरकारले कार्तिक २७ गतेबाट टिकटकमा प्रतिबन्ध लगाएको थियो । भीपीएन प्रयोग गरेर प्रयोगकर्ताले चलाइरहेका छन् । हिजोका दिनमा ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले पनि ५० लाखले चलाइरहेको अनौपचारिक तथ्याङ्क छ । टिकटकको विकल्पमा फेसबुक रिल, युट्युब सर्ट्स मज्जाले चलेकै छ । यस्तोमा सरकारले विकृति फैलाएको भन्दै सरकारले टिकटकमा लगाएको प्रतिबन्धको औचित्य के भयो त ? टिकटक बन्द गरेपछि अपराध घटेको भन्ने तथ्याङ्क त छैन होला । टिकटक बन्द भएपछि ब्यान्डविथ घटेर डाटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको १ अर्ब ४४ करोड र एनटिसीको डेढ अर्ब रुपैयाँ घाटा भएको तथ्याङ्कले देखाएको छ ।’ अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित ढङ्गले टिकटक खोल्न सरकारसँग आग्रह गर्दछु ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij