
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट ३ जना बाल श्रमिकहरूको उद्धार गरेको छ । उनीहरूलाई महानगरको बाल उद्धार टोलीले सिंहदरबारभित्र केन्द्रीय सर्भिस सेन्टरको भवनभित्र रहेको केन्द्रीय चमेना गृहबाट उद्धार गरेको हो ।
यस्तै ऊर्जा मन्त्रालयको क्यान्टिनबाट पनि एक बालश्रमिकको उद्धार गरेको छ ।
काठमाडौं महानगरको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जनालाई जोखिमबाट उद्धार गरिसकेको छ । उनीहरूलाई विभिन्न ६ वटा संरक्षण गृहहरूमा राखेका छन् ।
उद्धार गरिएका बालबालिकाहरू घरेलु श्रमिक, होटेल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेका र संरक्षणको आवश्यकता भएका) का बालबालिकाहरूले आफू जोखिममा रहेको खबर गरेपछि उद्धार गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij