
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरुले उनको ठमेलको चाक्सीबारीस्थित घरमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीले सिंहको घरका साथै ६ वटा गाडीसमेत जलाएका छन् ।
सुरक्षाकर्मीले आगजनी सुरु हुनु अघि नै उपप्रधानमन्त्री सिंह र उनका परिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा लगाएका थिए । स्रोतका अनुसार सिंह नेपाली सेनाको सुरक्षा अन्तर्गत सुरक्षित छन् ।
आक्रोशित समूह सिंह निवासमा प्रवेश गरेपछि सुरक्षाकर्मीले उनीहरूलाई रोक्न सकेनन् र त्यसपछि घरमा आगो लगाइयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij