Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

सामुदायिक विद्यालयका १७५ वटा सटरमा काठमाडौं महानगरले लगायो ताला

सामुदायिक विद्यालयका १७५ वटा सटरमा काठमाडौं महानगरले लगायो ताला

  • काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ ।

    images
    images
    images

    तीमध्ये ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले नै ताला लगाएका थिए भने बाँकी सञ्चालकले नै बन्द गरेका हुन् । विभागले ताला लगाएका विद्यालयमा जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन् । जहाँ रेस्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप सञ्चालन हुँदै आएको महानगरले उल्लेख गरेको छ ।

    यस्तै, कन्या मन्दिर माविका ३६, रत्नराज्य मावि बानेश्वरका ११ वटा, जनकल्याण माविका १४, पशुपति मित्र माविका ३६, मंगलादेवी माविका १२ र महेन्द्र मावि बौद्धका २० सटरमा ताला लगाइएको हो ।

    विभागसँग महानगर प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर आइतबार र सोमबार सटर तथा टहराहरुमा ताला लगाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij