Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

प्रधानमन्त्रीद्धारा मोदीलाई रुद्राक्षको माला उपहार

प्रधानमन्त्रीद्धारा मोदीलाई रुद्राक्षको माला उपहार

  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् ।

    images
    images
    images

    आइतबार तेस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीका रुपमा मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले मोदीलाई उपहारस्वरुप नेपाली रुद्राक्षको माला दिएका हुन् ।

    हिन्धु धर्ममा पवित्र मानिने नेपाली रुद्राक्षको माला भारतीय समकक्षी मोदीलाई उपहार स्वरुप दिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    उनका अनुसार यस अघि पनि नेपालबाट भारत भ्रमणमा जाँदा समकक्षीलाई उपहार स्वरुप नेपाली मौलिक उत्पादका विभिन्न सामग्री दिइने प्रचलन थियो । नेपालमै उत्पादित पवित्र रुद्राक्षको माला प्रधानमन्त्री दाहालले सोमबार मोदीसँगको भेटवार्ताको क्रममा उपहार दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij