
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । मधेश प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ ।
आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
असार १ गते बजेट प्रस्तुत गर्नै पर्ने संवैधानिक व्यवस्था भएकाले त्यसअघि मधेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
मधेश प्रदेशमा गत शुक्रबार (जेठ २५ गते) मात्रै जनमत पार्टीका नेता सतिश सिंह मुख्यमन्त्री नियुक्त भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij