Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

  • काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

    images
    images
    images

    ५९ सांसद सहभागी बैठकमा पाण्डेको पक्षमा ३१ सांसदहरुले मत दिएका थिए । पाण्डेको विपक्षमा २८ मत परेको थियो ।

    मुख्यमन्त्री पाण्डेलाई नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले समेत मत दिएका थिए । देवकोटाले माओवादीको ह्विप विपरीत फ्लोर क्रस’ गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।

    त्यस्तै उनको पक्षमा कांग्रेसका २७, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङले मत दिए भने एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मत दिएका थिए । मुख्यमन्न्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij